बग्नै लागेको आँसु

बग्नै लागेको आँसु,
छोप्न सकिन्छ।
दुखे पनि मुटु,
ओठ खुसीले पोत्न सकिन्छ।

माया कुनै चिज होइन,
बजारमा पाइने।
त्यसैले प्रेम कहिल्यै किन्न पाइँदैन,
कसैबाट जबरजस्ती छिन्न पाइँदैन।

बाहिरी सुन्दरताले आँखा तान्छ,
मिठो स्वभावले मन जितिदिन्छ।
संसारमा समय बिताउन चाहने धेरै हुन्छन्,
जीवन बिताउन चाहने मात्र एउटा।

थाहा छैन कुन रफ्तारमा छ दुनियाँ,
कहीँ पुग्नु छैन तर हतारमा छ दुनियाँ।
छैन यहाँ मेरो मात्र पसिना बगेको,
होइन म मात्र प्रयास गर्दागर्दै पछि सरेको।

आज विशाल भए पनि यो अँध्यारो,
भोलि किरणकै जित हुन्छ जस्तो छ।
यहाँ मान्छेको रगतभन्दा पसिना,
पसिनाभन्दा आँसु सस्तो छ।

यथार्थ
आजभोलि मान्छेहरू पनि,
यही पैसा जस्तै भएका छन्।
चाहे जतिसुकै आफ्नो भन्नुहोस्,
एकैछिनपछि कसको हुन्छन्,
पत्तो हुँदैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *