प्रसाईं र राणाबीच नयाँ पार्टी खोल्ने सहमति
काठमाडौँ। राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट राजीनामा दिएका नेता धवलशमशेर राणाबीच नयाँ राजनीतिक दल गठन गर्ने सहमति भएको छ।
नयाँ पार्टी स्थापना गर्ने गृहकार्यका साथ दुई नेताले शुक्रबार ११ बुँदे लिखित समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
लामो समयदेखि छुट्टाछुट्टै अभियान र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका प्रसाईं र राणाले अब एउटै दलमार्फत राजनीतिक यात्रा अगाडि बढाउने निर्णय लिएका हुन्।
समझदारीपत्रमा हस्ताक्षर गरेसँगै उनीहरूले नयाँ राजनीतिक शक्तिका रूपमा अघि बढ्ने स्पष्ट संकेत दिएका छन्।
प्रतिक्रिया
