नातावाद र चाकरीवादको ‘भाइरस’ बाट मुक्त हुन पुनको आग्रह

काठमाडौँ । प्रतिनिधि सभा सदस्य महावीर पुनले नेपालमा जरा गाडेर बसेको नातावाद, कृपावाद र चाकरीवादलाई ‘भाइरस’को संज्ञा दिँदै यसबाट सरकार र राजनीतिक दलहरू मुक्त हुनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै पुनले यो प्रवृत्तिले मुलुकको सुशासन र विकासमा गम्भीर बाधा पुर्‍याएको बताएका हुन् ।

नेपाल एकीकरणपछिको इतिहासदेखि नै यस्तो विकृति सुरु भएको उनको भनाइ थियो । विशेषगरी रणबहादुर शाहको बाल्यकालमा शासन सञ्चालनका क्रममा देखिएको यो प्रवृत्ति राणा शासन, प्रजातन्त्र र गणतन्त्र हुँदै अहिलेसम्म पनि विभिन्न रूपमा जीवितै रहेको पुनले उल्लेख गरे ।

सरकार, दलका नेता र सांसदहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्नेमा उनले जोड दिए । चाप्लुसी र चाकरी गर्नेलाई भन्दा निष्पक्ष भएर योग्य व्यक्तिलाई अवसर दिए मात्र मुलुकमा दिगो विकास र सुशासन कायम हुने पुनको दाबी छ । यस्ता ‘भाइरस’हरूलाई जरैदेखि उखेलेर नफालेसम्म देशले सही दिशा लिन नसक्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *