शैक्षिक सत्र परिवर्तनले विद्यालयहरूमा अन्योल

काठमाडौँ । सरकारले आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेपछि देशभरका विद्यालयहरूमा अन्योल सिर्जना भएको छ ।

हरेक वर्ष वैशाख १ गतेदेखि सत्र सुरु हुने परम्परा रहे पनि यसपटक मिति सारिएपछि वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयनमा समस्या देखिएको हो ।

चैत २२ गतेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई कारण देखाउँदै शैक्षिक सत्र ढिला सुरु गर्ने निर्णय गरेको थियो ।

यसका साथै सरकारले साताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णयले पनि पठनपाठनको समय व्यवस्थापनमा चुनौती थपेको छ । मन्त्रालयले स्थानीय बिदा कटौती गर्ने र शुक्रबार पूरै समय कक्षा सञ्चालन गर्ने विकल्पबारे छलफल गरिरहेको छ ।

पाठ्यक्रम विकास केन्द्रले भने २०८३ वैशाख १५ बाट सुरु हुने सत्र २०८४ वैशाखसम्म जाने भएकाले पढाइ व्यवस्थापन गर्न सकिने दाबी गरेको छ । यता शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना प्रक्रियाको अन्तिम निर्णय एक–दुई दिनमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

पाठ्यपुस्तकको सन्दर्भमा भने जनक शिक्षा सामग्री केन्द्रले १ करोड ७० लाख पुस्तक छपाइ सकेर वितरण सुरु गरिसकेको जनाएको छ । आधिकारिक बिक्रेतामार्फत स्थानीय तहसम्म पुस्तक पुर्‍याउने काम भइरहेकाले शैक्षिक सत्र सुरु हुँदासम्म विद्यार्थीको हातमा पुस्तक पुग्ने केन्द्रको दाबी छ ।

* * *

शैक्षिक सत्र र दुई दिने बिदाले जन्माएको अन्योल

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *