संघीय संसद्को अधिवेशन चैत १९ मा बोलाउन सिफारिस
काठमाडौं । सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वानका लागि यस्तो सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आगामी बिहीबार दिउँसो २ बजे अधिवेशन बोलाउन सिफारिस गरिएको छ।
नयाँ सरकार गठन र मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बीच बस्न लागेको यो अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ।
मन्त्रिपरिषद्को यो सिफारिससँगै अब राष्ट्रपतिबाट अधिवेशन आह्वानको औपचारिक पत्र जारी हुनेछ।
यस अधिवेशनमा विभिन्न विधेयकहरूका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
