पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात, हिउँ खेल्ने र दर्शन गर्नेहरूको घुइँचो

ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा शुक्रबार साँझदेखि पुनः हिमपात भएको छ । वर्षासँगै भएको हिमपातका कारण पाथीभरा क्षेत्र सेताम्मे बनेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।

केही दिनदेखि धुम्मिएको मौसमसँगै भएको यस हिमपात यस वर्षको पाँचौँ पटक हो । पाथीभरामा हिउँ परेपछि दर्शनार्थीहरूको उत्साह थपिएको छ।

मन्दिरको दर्शनसँगै हिउँमा रमाउन र हिउँ खेल्नका लागि ताप्लेजुङका स्थानीयका साथै छिमेकी जिल्लाहरूबाट समेत ठूलो संख्यामा मानिसहरू पाथीभरा पुगेका छन्।

हिमपातका कारण पाथीभरा क्षेत्र मात्र नभई ताप्लेजुङ जिल्लाभर नै चिसो बढेको छ । जिल्लाका उत्तरी उच्च हिमाली भेगहरूमा समेत बाक्लो हिउँ परेको स्थानीयले बताएका छन्।

चिसो बढे पनि हिउँ परेको दृश्य हेर्न र पर्यटकीय आनन्द लिन आउनेहरूको चहलपहलले पाथीभरा क्षेत्र निकै रमाइलो देखिएको  महतले सुनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *