महिलाको चरित्र हत्या गर्ने युवक साइबर ब्यूरोको फन्दामा

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता खोलेर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

कैलालीको घोडाघोडी नगरपालिका-१ घर भई हाल काठमाडौँको नयाँबजार बस्ने २३ वर्षीय तपेन्द्र विष्टलाई नेपाल प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएको हो।

विष्टले पीडित महिलाको तस्बिर प्रयोग गरी अपमानजनक र अमर्यादित सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट गरेको उजुरी ब्यूरोमा परेको थियो।

अनुसन्धानका क्रममा उनले महिलाको नाम जोडेर ‘होली काण्ड’ नाम दिइएका अश्लील भिडियोहरू सार्वजनिक गरी मानसिक तनाव र हैरानी दिएको खुलेको छ।

ब्यूरोको प्राविधिक टोलीले गरेको अनुसन्धान र विश्लेषणका आधारमा विष्टको संलग्नता पुष्टि भएपछि उनलाई चैत २ गते काठमाडौँबाट पक्राउ गरिएको हो।

प्रहरी उपरीक्षक एवं प्रवक्ता दीपक राज अवस्थीका अनुसार विष्टमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

जिल्ला अदालत काठमाडौँबाट तीन दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *