राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस

काठमाडौँ । सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभाको रिक्त सदस्य पदमा मनोनीत गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

वरिष्ठ अधिवक्ता अर्याल हाल सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा गृहमन्त्रीका रूपमा कार्यरत छन् । राष्ट्रिय सभामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको स्थान लामो समयदेखि रिक्त थियो । सोही रिक्त स्थान पूर्ति गर्न सरकारले गृहमन्त्री अर्यालको नाम सिफारिस गरेको हो ।

अर्यालले यसअघि विभिन्न सार्वजनिक सरोकारका कानुनी मुद्दाहरूमा सक्रियता देखाउँदै आएका थिए । निर्वाचन आयोगले यसअघि नै रिक्त १८ सिटमा निर्वाचन सम्पन्न गरिसकेको भए पनि सरकारले मनोनीत गर्ने कोटामा भने आज मात्र निर्णय भएको हो । राष्ट्रपतिबाट नियुक्ति भएपछि उनले राष्ट्रिय सभा सदस्यको रूपमा शपथ लिनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *