सहसचिव अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव झलकराम अधिकारीविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक पदमा कार्यरत रहँदा ७० लाख रुपैयाँ घुस लिएको दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
आयोगले अधिकारीले पदको दुरुपयोग गरी अवैध रकम असुल गरेको अनुसन्धानबाट खुलेको जनाएको छ । विभागको नेतृत्वमा रहँदा उनले गरेको आर्थिक अनियमितताको पुष्टि हुने प्रमाण फेला परेपछि आरोपपत्र दायर गरिएको अख्तियारको भनाइ छ ।
विशेष अदालतमा दर्ता भएको उक्त मुद्दामा अधिकारीसँग बिगो र सजायको माग गरिएको छ ।
प्रतिक्रिया
