जेनजी आन्दोलन : जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै

काठमाडौँ । जेनजी आन्दोलन र त्यस सेरोफेरोका घटनाबारे छानबिन गर्न गठित आयोगले आज आइतबार आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने भएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष प्रतिवेदन पेस गर्न लागेको हो ।

सरकारले गत असोज ५ गते भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरूको सत्यतथ्य पत्ता लगाउन यो आयोग गठन गरेको थियो । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका छन् । आयोगले घटनाको कारण, सुरक्षा निकायको भूमिका र भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सावधानीका विषयमा विस्तृत सुझावसहितको प्रतिवेदन तयार पारेको जनाइएको छ ।

भदौको सो प्रदर्शनका क्रममा भएको झडप र त्यसले निम्त्याएको परिस्थितिका विषयमा आयोगले विभिन्न पक्षसँग छलफल र स्थलगत अध्ययन गरी यो निष्कर्ष निकालेको हो । प्रतिवेदन बुझिसकेपछि सरकारले यसलाई कार्यान्वयनको प्रक्रियामा लैजाने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *