निर्वाचनका लागि देशभर ८० हजार सैनिक परिचालन

काठमाडौँ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। यसपटक मतदानपछि मतपत्र र मतपेटिकालाई गणनास्थलसम्म पुर्‍याउने मुख्य जिम्मेवारी नेपाली सेनालाई दिइएको छ।

विगतका निर्वाचनमा मतपत्र ढुवानीको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी मात्र खटिने गरेकोमा यसपालिको ‘असामान्य परिस्थिति’ लाई मध्यनजर गर्दै सेनाको भूमिका बढाइएको छ।

निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना-२०८२ अनुसार सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरी गरी चारवटै सुरक्षा निकाय मैदानमा उत्रिएका छन्। सेनाका अनुसार करिब ८० हजार सैनिक निर्वाचन सुरक्षामा खटिसकेका छन्।

मतदानस्थलको भित्री सुरक्षा नेपाल प्रहरीले सम्हाल्नेछ भने दोस्रो घेरामा सशस्त्र प्रहरी रहनेछ। सबैभन्दा बाहिरी घेराको जिम्मा पाएको सेनाले आवश्यकता परेको खण्डमा सबै निकायको संयुक्त कमान्ड लिने अधिकार समेत पाएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जोखिम र चुनौतीलाई हेरेर सुरक्षा व्यवस्था मिलाइएको बताए। १६५ वटै निर्वाचन क्षेत्रमा सेना र सशस्त्र प्रहरीका अस्थायी बेसहरू खडा गरिसकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *