निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा

काठमाडौँ। सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २० गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

निर्वाचन आयोगले मतदानमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्न र सुरक्षा तथा व्यवस्थापनमा सहजता ल्याउन सरकारलाई बिदाका लागि आग्रह गरेको थियो।

आयोगको सोही सिफारिसका आधारमा सरकारले निर्वाचनको अघिल्लो दिन, निर्वाचनको दिन र त्यसको भोलिपल्टसम्म बिदा दिने निर्णय गरेको हो।

यस बिदाको अवधिमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय र शिक्षण संस्थाहरू बन्द रहनेछन्। धेरैजसो मतदान केन्द्रहरू विद्यालयमा राखिने र कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले पनि बिदा दिइएको हो।

सरकारको यस निर्णयले टाढा–टाढा रहेका मतदाताहरूलाई आफ्नो गाउँ फर्किएर मतदान गर्न पर्याप्त समय मिल्ने विश्वास लिइएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *