निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक भिडियो बनाए ५० हजार

काठमाडौं । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गरी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ।

निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले आयोगले यो प्रतियोगिता ल्याएको हो।

प्रतियोगितामा उत्कृष्ट हुने तीनवटा भिडियोलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। आयोगका अनुसार पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

पुरस्कारको छनोट भिडियोले प्राप्त गरेको भ्युजका आधारमा गरिने बताए।

प्रतियोगीले निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता र मतदाता शिक्षा जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रहेर भिडियो तयार पार्नुपर्नेछ।

भिडियो बढीमा एक मिनेटको हुनुपर्ने र त्यसलाई टिकटकका साथै युट्युब र फेसबुकमा पनि पोस्ट गर्नुपर्ने प्रावधान राखिएको छ।

सहभागी हुन इच्छुकले आफ्नो भिडियोको लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको आधिकारिक इमेल [email protected] मा पठाउनुपर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *