श्रीमतीको हत्यापछि युवकद्वारा आत्महत्या

विराटनगर। मोरङको रंगेली नगरपालिका-५ मा एक युवकले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्।

मंगलबार बिहान करिब पौने ३ बजे रंगेली-५ धनपट्टीस्थित ससुराली घरमा २१ वर्षीय मुकेशकुमार मण्डलले २१ वर्षीया पत्नी अम्बिकाकुमारी मण्डलमाथि चक्कु प्रहार गरेका हुन्।

मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार मुकेशले सुरुमा श्रीमतीको हत्या गरेर लगत्तै सोही चक्कुले आफ्नै घाँटीमा प्रहार गरेका थिए।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

रंगेली-५ बहुवन स्थायी घर भएका मुकेश केही समयअघि ससुराली गएका थिए।

पारिवारिक विवाद वा अन्य कुनै कारणले यो घटना भएको हो भन्नेबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ। दुवैको शव पोस्टमार्टमका लागि पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *