ओखलढुंगामा वृद्ध दम्पतीको बीभत्स हत्या

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ भदौरेमा एक वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ। भदौरेको बोहोरे टोलका ८० वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी चन्द्रमाया राई आफ्नै घरमा मृत फेला परेका हुन्।

वडाअध्यक्ष बलराम कटवालका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा चोरी र लुटपाट गरी उनीहरूको हत्या गरिएको देखिएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी मदन केसीले आफू पनि घटनास्थलतर्फ जाँदै गरेको र घटनाबारे थप विवरण संकलन भइरहेको बताए।

यसअघि करिब एक महिनाअघि पनि चिशंखुगढीकै भदौरेमा ६० वर्षीय शोभितमान थापामगर र उनकी पत्नी रत्नमाया थापामगरको हत्या भएको थियो। सो घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। छोटो समयको अन्तरालमा फेरि अर्को दम्पतीको हत्या भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।

प्रहरीले अहिले घटनास्थललाई नियन्त्रणमा लिएर सुक्ष्म अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न को हुन् भन्नेबारे अहिलेसम्म केही खुलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *