महावीर पुनको ‘सरप्राइज’: मन्त्री पद त्यागेर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नै गृहजिल्ला म्याग्दीबाट चुनावी मैदानमा उत्रिएका छन्। उनले मंगलबार म्याग्दी पुगेर प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

म्याग्दीमै उम्मेदवारी पुनले म्याग्दीबाटै आफ्नो राजीनामा पत्र पठाएका थिए । प्रधानमन्त्रीले स्वीकृत गरिसकेका छन्। अरु मन्त्रीहरू पार्टीगत रूपमा चुनावी मैदानमा उत्रिए पनि पुनले भने कुनै दलमा आबद्ध नभई ‘स्वतन्त्र’ उम्मेदवारका रूपमा चुनाव लड्ने निर्णय लिएका हुन्।

यसअघि अर्थमन्त्री रामेश्वर खनालले पुनले आफ्नो सामाजिक र आविष्कारको अभियानमा लाग्न राजीनामा दिएको जानकारी दिएका थिए। तर, पुनले आफ्नो अभियानलाई नीतिगत तहबाटै अघि बढाउन चुनावी प्रतिस्पर्धा रोजेको बुझिएको छ। म्याग्दीका जनताको चाहना र आफ्नो अपूरो सपना पूरा गर्न उम्मेदवारी दिएको उनले बताएका छन्।

पुनको यो कदमले म्याग्दीको चुनावी समीकरणलाई निकै रोचक बनाइदिएको छ। राष्ट्रिय स्तरमा प्रभावशाली छवि बनाएका पुनको उपस्थितिले त्यहाँका दलीय उम्मेदवारहरूलाई ठूलो चुनौती थपिएको विश्लेषण गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *