कांग्रेस विवाद सर्वोच्चमा: आयोगको निर्णयविरुद्ध देउवा पक्ष

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब कानुनी लडाइँमा परिणत भएको छ। निर्वाचन आयोगले गगन थापा नेतृत्वको समूहलाई पार्टीको आधिकारिकता दिने निर्णय गरेपछि निवर्तमान सभापति शेरबहादुर देउवा समूह आजआइतबार सर्वोच्च अदालत जान लागेको हो।

देउवा पक्षीय केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजै सर्वोच्चमा रिट दर्ता गर्ने तयारी पूरा भएको छ। ‘हामी आज रिट लिएर जाने तयारीमा छौँ,’ उनले भने।

देउवा समूहको रणनीति शनिबार बसेको देउवा पक्षीय केन्द्रीय कार्यसमिति बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी दुवै रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो। कानुनी प्रक्रियाको नेतृत्व गर्ने जिम्मा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ। खड्का अहिले वरिष्ठ अधिवक्ताहरू खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतसँग रिटको मस्यौदा तयार पार्न परामर्शमा व्यस्त छन्।

विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेको र गगन थापालाई सभापति चुनेको यो समूहलाई निर्वाचन आयोगले मान्यता दिएको छ।नियमित महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको कुनै वैधानिकता र औचित्य नरहेको भन्दै यसलाई अस्वीकार गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *