‘मैले टिकट बाँड्न सुरु गरिसकें, चुनाव सर्दैन’

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो दलले उम्मेदवारलाई टिकट बाँड्न सुरु गरिसकेको बताएका छन्। चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको आज शुक्रबार उद्घाटन गर्दै उनले यस्तो खुलासा गरेका हुन्।

निर्वाचन हुनेमा कुनै आशङ्का नगर्न आग्रह गर्दै आफ्नो पार्टीले हिजोदेखि नै टिकट वितरणको प्रक्रिया थालेको जानकारी दिए। “म तपाईंहरू सबैलाई चुनाव हुन्छ कि हुँदैन भन्ने प्रश्न मनमा ल्याउनुभन्दा राम्रो तयारीमा लाग्न अपिल गर्छु,” उनले भने, “चुनाव हुन्छ र हुनै पर्छ।”

देशमा अहिले निर्वाचनको अर्को कुनै विकल्प नरहेको प्रचण्डको तर्क छ। उनले चेतावनी दिँदै भने, “चुनाव नगर्नु भनेको मुलुकमा असहज स्थिति र दुर्घटना निम्त्याउनु हो।” सरकारको तयारी, राजनीतिक दलहरूको सक्रियता र जनताको चुनावी मानसिकतालाई हेर्दा निर्वाचन सुनिश्चित रहेको उनको दाबी छ। उनले सबै पक्षलाई भ्रममा नपरी चुनावी अभियानमा जुट्न समेत निर्देशन दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *