कांग्रेसको आधिकारिकता विवाद: देउवा पक्ष निर्वाचन आयोगमा

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक कलहले अहिले सडकदेखि निर्वाचन आयोगसम्म तताएको छ। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेसँगै सुरु भएको आधिकारिकता विवादले शुक्रबार बिहानै नयाँ मोड लिएको हो।

संस्थापन पक्ष अर्थात् शेरबहादुर देउवा पक्षका प्रभावशाली नेताहरू विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ र जीतजंग बस्नेत लगायतको टोली शुक्रबार बिहानै कान्तिपथस्थित आयोगको कार्यालय पुगेका छन्।

गगन-विश्व पक्षले बिहीबार नै आफूहरू आधिकारिक रहेको दाबी गर्दै निवेदन दर्ता गराएपछि आयोगलाई आफ्नो पक्षमा निर्णय गराउन दबाब दिने उद्देश्यले देउवा पक्ष सक्रिय भएको बुझिएको छ।

यसैबीच, विवाद थप चर्किएपछि देउवा पक्षीय भ्रातृ संगठन तरुण दलले निर्वाचन आयोग घेराउ गर्ने तयारी गरेको छ। पार्टीको वैधानिकता र चुनाव चिन्हको लडाइँले गर्दा आयोग अहिले ठूलो कानुनी र राजनीतिक दबाबमा परेको छ। दुवै पक्षको शक्ति प्रदर्शनले कांग्रेसको भविष्य कता जान्छ भन्ने कौतूहल बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *