कांग्रेसलाई नयाँ ऊर्जा र दृष्टिकोणसहित जनतामाझ लैजान्छौँ : उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले पार्टीलाई नयाँ ऊर्जा र प्रस्ट दृष्टिकोणसहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार मध्यराति निर्वाचित भएपछि बिहीबार बिहान महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले गगन थापाको नेतृत्वमा कांग्रेस अब नयाँ स्वरूपमा जनतामाझ जाने उद्घोष गरे।

उनले विगतका कमजोरीहरूको निर्मम आत्मसमीक्षा गर्दै आगामी दिनमा सुधारसहित अघि बढ्ने स्पष्ट पारे। “नयाँ कांग्रेसले आन्तरिक एकतालाई थप बलियो बनाउनेछ,” शर्माले भने, “हामी सबै नेता, कार्यकर्ता र समर्थकलाई एउटै मालामा उनेर अघि बढ्नेछौँ।”

देशको भविष्यप्रति निकै आशावादी देखिएका शर्माले आगामी १०-१५ वर्षभित्र नेपाललाई समुन्नत र सक्षम राष्ट्रका रूपमा निर्माण गर्ने सपना कांग्रेसले बोकेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *