तराईमा हुस्सु, पहाडमा मौसम सफा

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले मौसममा केही परिवर्तन आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ। बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहे पनि तराईका थोरै स्थानमा हुस्सु लागेको छ।

आज बुधबार दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुने सम्भावना छ। तराईका केही स्थानमा भने दिउँसो पनि हुस्सु र कुहिरो लाग्ने देखिएको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। रातिको समयमा पनि कोशी र गण्डकीका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा हुस्सु लाग्ने क्रम जारी रहने महाशाखाले जनाएको छ।

तराईमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा आंशिक असर पर्न सक्ने देखिएको छ। मौसममा आएको यो परिवर्तन र चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *