तराईमा हुस्सु, उच्च पहाडी भेगमा हिमपात
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावले मौसममा फेरबदल आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
हुस्सु र हिमपातका कारण सडक यातायात, पर्यटन र जनजीवनमा सामान्य असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
प्रतिक्रिया
