रास्वपाद्वारा कोशीका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची तयार

विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रारम्भिक उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ। पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत पहिलो चरणमा परेका उम्मेदवारहरूको सूची बाहिर ल्याइएको हो।

उम्मेदवार छनोटलाई थप व्यवस्थित बनाउन पार्टीले पुस ५ गते सुनसरीको इटहरीस्थित प्रदेश कार्यालयमा छलफल कार्यक्रम राखेको छ। छलफलमा प्रारम्भिक सूचीमा समावेश भएका सबै उम्मेदवारहरूलाई सहभागी गराइनेछ।

छलफल लगत्तै पुस ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गर्ने रास्वपाको तयारी छ। उम्मेदवार छनोट समितिले घरदैलोका लागि आवश्यक तयारी समयमै पूरा गर्न उम्मेदवारहरूलाई आग्रह गरेको छ।

यदि कसैको नाम प्राविधिक कारणले सूचीमा छुटेको भए वा थप जानकारी चाहिएमा सम्बन्धित प्रदेश सभापतिसँग सम्पर्क गर्न समेत पार्टीले अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *