एमाले निर्वाचन : मतदान अन्तिम चरणमा, ३ घण्टाभित्रै परिणाम आउने

काठमाडौँ। नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रिया समापनतर्फ पुगेको छ। बुधबार बिहानबाट सुरु भएको मतदान बिहीबार बिहानसम्म आइपुग्दा अन्तिम चरणमा पुगेको हो।

निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ मतदातामध्ये बिहीबार बिहान ५ बजेसम्म २ हजार ९१ मत खसिसकेको छ। अब मात्र १७२ मतदाताले मतदान गर्न बाँकी रहेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए।

मतदानको पछिल्लो अवस्था: बिहीबार बिहान ५:०० बजेसम्मको अपडेट

कुल मतदाता: २,२६३

खसेको मत: २,०९१

बाँकी मत: १७२

मतदान प्रक्रिया पूर्ण रूपमा सम्पन्न भएलगत्तै मतगणना सुरु हुनेछ। निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलका अनुसार मतदान सकिएको तीन घण्टाभित्रै अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।

आयोगले बिहीबार बिहान ५ बजेसम्म मतदानस्थल प्रवेश गरिसक्नुपर्ने समयसीमा तोकेको थियो। अहिले मतदानका लागि बाँकी रहेका मतदाताहरू लाइनमा बसिरहेका छन्। नेतृत्वका लागि भएको यस प्रतिस्पर्धाको नतिजालाई लिएर भृकुटीमण्डपमा उत्साह र प्रतीक्षाको वातावरण देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *