एमालेको नेतृत्व चुन्न पुस १ गते मतदान
काठमाडौँ। नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि केन्द्रीय निर्वाचन आयोगले आज आइतबार बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको निर्वाचन तालिका सार्वजनिक गरेको छ।
आज बेलुकी ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। त्यसपछि सोमबार बिहान साढे १० बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। उम्मेदवारहरूको प्रारम्भिक नामावली सोमबार दिउँसो साढे २ बजे प्रकाशन गरिनेछ।
उम्मेदवारी फिर्ताका लागि सोमबार नै साँझ ५ बजेसम्मको समय तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली सोमबार बेलुकी ६ बजे प्रकाशन हुने आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए।
मतदानको समय पुस १ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म तोकिएको छ। यस महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।
प्रतिक्रिया
