मोरङमा भएका बेग्लाबेग्लै दुर्घटनामा ३ जनाको मृत्यु

विराटनगर । मोरङका बेग्लाबेग्लै स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। सुन्दरहरैँचा नगरपालिका–६ गौरीगाउँस्थित सडकमा को।१ त ६४५८ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना हुँदा सोही ठाउँ बस्ने २६ वर्षीय अतित राईको मृत्यु भएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृत्यु हुने राई सहचालक हुन् ।

मोरङकै ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सडकमा प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ५२ वर्षीय सुरेशकुमार सरदारको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, धनपालथान गाउँपालिका–४ नेपाल टेलिकमस्थित सडकमा को–२३ प ८४०६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री सोही गाउँपालिका–३ सोराभाग बस्ने ५० वर्षीय शिवचरण माझीको मृत्यु भएको छ ।

शनिबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *