निर्वाचन आयोगद्वारा १०७ दललाई चुनाव चिह्न प्रदान

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको चुनावमा भाग लिने तयारीमा रहेका १०७ राजनीतिक दलहरूलाई चुनाव चिह्न प्रदान गरेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनका लागि दलहरूलाई चिह्न प्रदान गरिएको हो।

अघिल्लो चुनावमा समानुपातिकतर्फ प्राप्त मतका आधारमा आउँदो चुनावका लागि चुनाव चिह्न कायम हुने कानुनी व्यवस्थाअनुसार आयोगले चिह्न प्रदान गर्दै मतपत्रको सूचीक्रम पनि सार्वजनिक गरेको छ।

आयोगले प्रकाशित गरेको सूची अनुसार नै दलहरूको मतपत्रमा चुनाव चिन्हसमेत कायम हुनेछ।

पहिलो नम्बर: नेकपा (एमाले) को चुनावचिह्न सूर्य।

दोस्रो नम्बर: नेपाली कांग्रेसको चुनाव चिह्न रुख।

तेस्रो नम्बर: नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिह्न तारा।

अन्तिम नम्बर: जनता लोकतान्त्रिक नेपालको चुनाव चिह्न भैंसी रहने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *