शिक्षकको बढुवा र आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति गरिँदै

काठमाडौँ। शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकहरूको बढुवा र आन्तरिक प्रतिस्पर्धा (प्रतियोगितात्मक परीक्षा) मार्फत पदपूर्ति गर्नका लागि सूचना प्रकाशित गरेको छ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम कार्यसम्पादन मूल्याङ्कन (७५ प्रतिशत) को आधारमा बढुवा गरिनेछ।

बढुवाका लागि सम्भाव्य उम्मेदवारहरूले २०८२/०९/२० गतेभित्र आयोगबाट निर्धारित दरखास्त फाराम भरी सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइ मार्फत आवेदन दिनुपर्नेछ।

प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको प्रथम र द्वितीय श्रेणीका लागि २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक परीक्षा मार्फत शिक्षक पदपूर्ति गरिनेछ।

यसका लागि आवेदन दिन चाहने उम्मेदवारहरूले आयोगको अनलाइन प्रणाली https://online.tsc.gov.np/  मार्फत दरखास्त दिन सक्नेछन्।

दस्तुरको समय सीमा:

साधारण दस्तुर: २०८२/०९/१६ गते राति ११:५९ बजेभित्र।

दोब्बर दस्तुर: २०८२/०९/२२ गते राति ११:५९ बजेभित्र।

तोकिएको म्यादभित्र दाखिला नभएका र रीत नपुगेका दरखास्तहरू उपर कुनै कारबाही नहुने आयोगले स्पष्ट पारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *