१२० दलद्वारा आयोगमा निवेदन दर्ता : को-को मैदानमा ?

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता तथा एकल चुनाव चिह्न प्रयोग गर्न चाहने दलहरूबाट कुल १२० वटा निवेदन प्राप्त भएका छन्। निर्वाचन आयोगले आइतबार जारी गरेको विज्ञप्ति अनुसार दल दर्ताको अवधि अब समाप्त भएको छ।

आयोगले यसअघि कात्तिक २८ गतेको निर्णयानुसार दल दर्ताको प्रारम्भिक अवधि मंसिर १ गतेदेखि १० गतेसम्मका लागि तोकेको थियो। तर, पछि मंसिर १० गतेको निर्णयानुसार दर्ताको समयावधि मंसिर १४ गतेसम्मका लागि थप गरिएको थियो।

थप गरिएको यो अवधिभित्र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न र एकल चुनाव चिह्न प्रयोग गर्नका लागि जम्मा १२० वटा निवेदन प्राप्त भएका हुन्।

आयोगले स्वीकृत कार्यतालिका अनुसार प्राप्त भएका यी निवेदनहरूमाथि छानबिन गर्ने जनाएको छ। प्रचलित कानुनबमोजिम आवश्यक योग्यता पुगेका राजनीतिक दलहरूलाई २०८२ मंसिर २० गतेभित्रमा स्वीकृति प्रदान गरिने तयारी आयोगले गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *