एक भए रास्वपा र विवेकशील पार्टी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा पार्टी एकता घोषणा भएको छ। यो एकतासँगै अब विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको छ।

आइतबार काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच दुई दलले एकीकरणको घोषणा गरेका हुन्। सो अवसरमा एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत सम्पन्न भएको छ।

सहमति पत्रमा रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति एवं उच्च संवाद समितिका संयोजक डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाका तर्फबाट अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष एवं राजनीतिक संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन्।

विवेकशील अभियानको सुरुवात वि.सं. २०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा भएको थियो। वि.सं. २०७० मा ‘विवेकशील नेपाली दल’ गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने वि.सं. २०७९ असार ७ गते स्थापना भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *