विराटनगर कि कर्णाली ? कर्णालीले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज (शुक्रबार) दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिवि क्रिकेट मैदानमा हुन लागेको यो रोमाञ्चक खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर विराटनगर किंग्सलाई पहिले बलिङको निम्तो दिएका छन्। यससँगै कर्णालीले पहिले ब्याटिङ गर्ने भएको छ।

प्रतियोगितामा दुवै टोली आज आफ्नो जितको सङ्ख्या बढाउने लक्ष्यमा छन्।  यो प्रतियोगितामा चौथो खेल खेल्न लागेको कर्णाली याक्स दोस्रो जितको खोजीमा हुनेछ। विराटनगर किंग्स भने पाँचौँ खेल खेल्दै चौथो जित निकाल्ने योजनामा छ। आजको खेलमा जित निकाल्ने टोलीले लिग तालिकामा आफ्नो स्थिति थप बलियो बनाउनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *