पोखरा एभेन्जर्सको पहिलो जित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले साविक विजेता जनकपुर बोल्ट्सलाई २५ रनले हराउँदै सिजनको पहिलो जित दर्ता गरेको छ।

पोखराको जितमा युगान्डाका अलराउण्डर सुमित वर्माको २९ बलमा ५० रनको आक्रामक अर्धशतक निर्णायक बन्यो। जवाफमा पोखराले जनकपुरलाई १५६ रनको लक्ष्य दिएको थियो।

जनकपुरको इनिङ्स ध्वस्त पार्ने क्रममा पोखराका स्पीनर विपिन खत्रीले जादु देखाए। उनले ४ ओभरमा मात्र १५ रन खर्चेर ४ महत्वपूर्ण विकेट लिए। जनकपुरका लागि आठौं नम्बरमा आएका वायने पार्नेलले पनि अर्धशतक (५० रन) बनाए पनि टोलीलाई लक्ष्यसम्म पुर्‍याउन सकेनन्। जनकपुर ९ विकेट गुमाएर १३० रनमा समेटियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *