२० लाख धरौटी बुझाएर पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त
फाइल तस्बिर
काठमाडौँ । भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन्। उच्च अदालत पाटनको आदेशानुसार २० लाख रुपैयाँ धरौटी बुझाएर उनी आज केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन्।
केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईंका अनुसार, भेपमार्फत सुन तस्करी प्रकरणमा असोज २९ गतेदेखि महरा जिल्ला अदालतको आदेशमा कारागारमा थिए।
बिहीबार न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले जिल्ला अदालतको थुनामा राख्ने आदेशलाई बदर गर्दै उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो।
महरामाथि २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गसँग मिलेर इलेक्ट्रिक चुरोट ुभेपु मा लुकाइएको सुन तस्करीमा संलग्न भएको आरोपमा ८ करोड ५५ लाख ८८ हजार बिगो मागदावी सहित अभियोगपत्र दायर गरिएको थियो।
