अपराजित सुदूरपश्चिमलाई लुम्बिनीको चुनौती, जनकपुर र पोखरा पहिलो जितको खोजीमा
फाइल तस्बिर
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई रोमाञ्चक खेलहरू हुँदैछन्।
दिनको पहिलो खेलमा बिहान ११ः४५ बजे लिगको एकमात्र अपराजित टोली सुदूरपश्चिम रोयल्स ले लुम्बिनी लायन्स सँग खेल्दैछ।
लगातार तीन खेल जितेर उच्च मनोबलमा रहेको सुदूरपश्चिमलाई एक जित र दुई हार व्यहोरेको लुम्बिनीले आज रोक्ने प्रयास गर्नेछ।
यस्तै, दोस्रो खेलमा अपराह्न ४ बजे अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्स ले पोखरा एभेन्जर्स सँग प्रतिस्पर्धा गर्दैछ।
यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ, किनकि जनकपुर र पोखरा दुवैले यस सिजनमा अहिलेसम्म खेलेका कुनै पनि खेलमा जित निकाल्न सकेका छैनन् र आज आफ्नो पहिलो जितको खोजीमा छन्।
प्रतिक्रिया
