शिक्षक महासंघको दबाबः ‘९ बुँदे सहमति कार्यान्वयन गर’
काठमाडौं। नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न र २०८१ जेठमा जारी भएको सरुवा निर्देशिका खारेज गर्न माग गर्दै शिक्षामन्त्री महावीर पुनलाई ध्यानाकर्षण गराएको छ।
महासंघको टोलीले शिक्षामन्त्रीलाई भेटेर यी मागहरूबारे अविलम्ब निकास निकाल्न आग्रह गरेको हो।
गत चैत–वैशाखमा शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरेपछि सरकारसँग ९ बुँदे सहमति भएको थियो। उक्त सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरूले गुनासो गरेका छन्।
सहमतिमा उल्लेखित प्रमुख बुँदाहरू: असार महिनाभित्रै शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता, महासंघको मागअनुसारका अन्य बुँदाहरू समावेश।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरुवा निर्देशिकाको खारेजी, गत बैशाखमा भएको ९ बुँदे सहमति कार्यान्वयनका लागि पत्राचार, स्थानीय भत्ताको उपलब्धता लगायतका विषयमा अविलम्ब निकास निकाल्न शिक्षा मन्त्रीलाई आग्रह गरिएको बताए।
ु२०८१ जेठमा जारी भएको सरुवा निर्देशिकाले शिक्षकहरूको कार्यसम्पादन र सुविधामा जटिलता ल्याएको भन्दै महासंघले यसलाई अव्यवहारिक ठहर गरेको छ। व्यवहारिक नभएको भन्दै शिक्षकहरूले निर्देशिकाको तत्काल खारेजीको माग राखेका छन्।
