एनपीएलमा आज : काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबारको खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स आमने-सामने हुँदैछन्।
त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजेबाट सुरु हुने यस प्रतिस्पर्धा दुवै टोलीका लागि अंक तालिकामाथि उक्लिन महत्वपूर्ण छ।
काठमाडौं गुर्खाज हालसम्म ३ खेल खेलेकोमा १ जित र २ हारसहित २ अंकका साथ पाँचौँ स्थानमा छ।
लुम्बिनी लायन्स १ जित निकालेको लुम्बिनी लायन्स पनि २ अंक बटुल्दै छैटौँ स्थानमा रहेको छ।
आजको खेलमा जित हासिल गर्ने टोली अंकतालिकामा माथि उक्लने मौका पाउनेछ।
प्रतिक्रिया
