आर्थ्रोस्कोपी सोसाइटी अफ नेपालको कार्यसमिति निर्विरोध
काठमाडौँ । आर्थ्रोस्कोपी सोसाइटी अफ नेपालको सन् २०२५–२०२७ अवधिका लागि कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। सोसाइटीको निर्वाचन आयोगले निर्वाचन परिणामको सूचना जारी गर्दै सबै पदहरूमा निर्विरोध उम्मेदवारी परेपछि सर्वसम्मत रूपमा नेतृत्व चयन भएको जानकारी गराएको छ।
नयाँ कार्यसमितिको अध्यक्षमा नवीन कर्ण निर्वाचित भएका छन्। यसैगरी, अध्यक्ष इलेक्टमा चन्द्र बहादुर मिश्र तथा उपाध्यक्षमा राजीव राज मानन्धर चुनिएका छन्।
सोसाइटीको महासचिवको जिम्मेवारी निरब कायस्थले पाउनुभएको छ भने कोषाध्यक्षमा राजीव शर्मा र सहसचिवमा नविन त्रिपाठी निर्विरोध भएका छन्।
कार्यसमिति सदस्यहरूमा सुभास गुरुङ, सुदीप खनाल, सुभास लाल कर्ण, राम कुमार यादव, र मोहित थापा मगर लगायतका विशेषज्ञहरू निर्वाचित भएका छन्।
निर्वाचन आयोगले यस सफल र पारदर्शी निर्वाचन प्रक्रियामा सहयोग र विश्वासका लागि सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।
