हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले आज देशभरको मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। यद्यपि, देशका बाँकी भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
कोशी प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, राजधानी काठमाडौँ उपत्यकामा तापक्रम क्रमशः घट्दै गएको छ र चिसोको अनुभूति बढ्दै गएको छ।
आज बिहान ५:३० बजे उपत्यकाको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस मापन गरिएको थियो।
दिउँसो भने अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस को हाराहारीमा रहने अनुमान महाशाखाले गरेको छ।
प्रतिक्रिया
