एनपीएल : आज सुदूरपश्चिम रोयल्स र काठमाण्डू गोर्खाज भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत आज बुधवार सुदूरपश्चिम रोयल्स र काठमाण्डू गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।

काठमाण्डू गोर्खाजका लागि प्रतियोगिताको यो दोस्रो खेल हो। उसले आफ्नो पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

सुदूरपश्चिम रोयल्सका लागि भने यो सिजनको पहिलो खेल हुनेछ। पहिलो संस्करणको एनपीएलमा यी दुई टोली एकपटक भिडेका थिए।

लिग चरणको उक्त खेलमा सुदूरपश्चिम रोयल्सले काठमाण्डू गोर्खाजविरुद्ध ७३ रनको सहज जित निकालेको थियो। आजको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजेदेखि सुरु हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *