एनपीएल आज : विराटनगर पोखरा, चितवन कर्णाली
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा आज मंगलबार दुई खेल हुँदै छन् । पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा यो खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ।
दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ। यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ।
पहिलो संस्करणमा तेस्रो स्थानमा रहँदै प्लेअफ पुगेको चितवनलाई कर्णालीले नै इलिमिनेटरमा २१ रनले हराएका थियो।
प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर र पोखरा लिग चरणबाटै बाहिरिएका थिए। विराटनगरले पहिलो संस्करण पाँचौँ र पोखराले सातौँ स्थानमा रहँदै टुंग्याएको थियो।
सोमबार भएको उद्घाटन खेलमा काठमाण्डू गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो।
प्रतिक्रिया
