एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजको सानदार जित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइटमा खेलिएको ऐतिहासिक पहिलो रात्रिकालीन खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौं गोर्खाजले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गऱ्यो।

काठमाडौंका लागि बेन चार्ल्सवर्थले ४६ रनको महत्त्वपूर्ण योगदान दिए। यस्तै, आकाश त्रिपाठीले ३९ रन, मिलिन्ड कुमारले १९ रन र जोन सिम्पसनले १३ रनको योगदान दिएका थिए।

जनकपुरका लागि किशोर महतो, अनिल साह, ललित राजवंशी, निकोल लफ्टी इटन र सञ्जय कृष्णमूर्तिले एक/एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले ६ विकेट गुमाएर १३० रन बनाएको थियो। जनकपुरका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेलेका थिए। मयन यादवले ३४ रन र लाहिरु समरकूनले २२ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्।

काठमाडौं गोर्खाजका मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादव, साहबल आलम र करण केसीले एक/एक विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *