शिक्षामन्त्री पुनद्वारा शिक्षकका संघ-संगठनलाई मान्यता नदिने घोषणा

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूलाई पेसागत हकहित बाहेकका अन्य राजनीतिक गतिविधिहरूमा संलग्न नहुन निर्देशन दिएको छ।

विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ–संगगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जनाइएको छ।

शिक्षामन्त्री महाबीर पुनद्वारा आज आइतबार जारी गर्नुभएको विज्ञप्तिमा मन्त्रालयसँग सम्बन्धित विभिन्न विभाग तथा निकायका कर्मचारीहरूको पेसागत सङ्गठनहरू र विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीका पेसागत सङ्घरसङ्गठनहरूले पेसागत कर्तव्य, नैतिक दायित्व र पेसागत आचरण विपरीत राजनीतिक गतिविधिहरूमा संलग्न भएको गुनासो आएको उल्लेख गरिएको छ ।

विज्ञप्तिका मुख्य बुँदा

राजनीतिक गतिविधिमा संलग्नतामा रोक

सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले पेसागत हक र अधिकारका लागि सिर्जना भएका सङ्गठनबाहेक अन्य राजनीतिक दलका गतिविधि वा दलसँग सम्बद्ध कार्यक्रममा संलग्न हुन पाउने छैनन्।

यदि कुनै पनि पेसागत सङ्गठनले पेसागत कामबाहेक राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

यो व्यवस्था नेपाल शिक्षक महासङ्घ तथा नेपाल शिक्षक महासङ्घसँग आबद्धता लिएका पेसागत सङ्गठनहरू र विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीका पेसागत सङ्घरसङ्गठनहरूमा लागू हुनेछ।

शिक्षक–कर्मचारीको हकहित सुरक्षित

मन्त्रालयले शिक्षक(कर्मचारीहरूको पेसागत हकहितका साथै उनीहरूको संविधानप्रदत्त हक र अधिकारको अभ्यासलाई सधैँ सम्मान गर्ने बताएको छ।

उनीहरूको हकको प्रयोग र सङ्गठनलाई संवेदनशील भई पेस हुन पनि आग्रह गरिएको छ।

शिक्षक, प्राध्यापक सङ्घरसङ्गठनले राजनीतिक चरित्र, स्वतन्त्र र व्यावसायिक प्रवृत्तिको बनाउनुपर्नेमा जोड दिइएको छ।

राजनीतिक दलका नामबाट संस्था सञ्चालनमा रोक

विभिन्न राजनीतिक दलका नाममा निर्माणमा स्पष्ट वा अस्पष्ट रूपमा मान्यताबेगर र शुल्करहित रूपमा सञ्चालन भइरहेका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्गठनहरूलाई मन्त्रालयले मान्यता नदिने जानकारी गराएको छ।

पारदर्शिता र जवाफदेहिता अनिवार्य

मन्त्री पुनले विज्ञप्तिमा सबै शिक्षक, कर्मचारी, शैक्षिक पदाधिकारी र विश्वविद्यालयलाई आफ्नो पेसागत कर्तव्य, नैतिक दायित्व, आचरण, शिक्षा क्षेत्रको संवेदनशीलता र विद्यालय वा विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरीतका कार्यहरू नगर्न र प्रचलित कानुनबमोजिम मात्र कार्य गर्न जानकारी गराएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *