हङकङ सिक्सेस : नेपालले भारतलाई हरायो
क्यान
काठमाडौँ । नेपालले हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा भारतलाई विशाल अन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो ऐतिहासिक जित दर्ता गरेको छ। शनिबार भएको खेलमा नेपाल ९२ रनको प्रभावशाली नतिजाका साथ विजयी बनेको हो।
यसअघि, आजै भएको पहिलो खेलमा भने नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको थियो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरको खेलमा कुनै विकेट नगुमाई कुल १३७ रनको विशाल योगफल तयार पारेको थियो।
राशिद खानले मात्र १७ बल खेल्दै ४ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ५५ रन को योगदान दिए। सन्दीप जोराले १२ बलमा ४ चौका र ५ छक्कासहित ४७ रन को शानदार इनिङ्स खेले। लोकेश बमले ७ बलमा १ चौका र ४ छक्काको मद्दतले आक्रामक ३१ रन बनाए।
जीतका लागि १३८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको भारतले नेपाली बलरहरूको धारिलो बलिङसामु टिक्न सकेन। भारतले मात्र ३ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै ४५ रन मात्र बनाउन सक्यो। भारतका लागि भरत चिपली र प्रियांक पाञ्चालले समान १२–१२ रन बनाए।
नेपालका लागि बलर राशिद खानले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। यस्तै, बसिर अहमद ले २ तथा रूपेश सिंह ले १ विकेट लिएर भारतको इनिङ्स ध्वस्त पारे।
