मौसम सफा, चिसो बढ्दै
काठमाडौँ। देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले आज शनिबार देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहनेछ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा भने आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी भागमा भने मौसम मुख्यतः सफा रहनेछ।
विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा वा हल्का हिमपात हुन सक्ने सम्भावना छ ।
अहिले देशभर चिसो बढ्दै गएकाले विभागले जाडोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
प्रतिक्रिया
