हङकङ सुपर सिक्सेसमा नेपाल पराजित
काठमाडौं । हङकङमा जारी सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ।
हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा भएको यो खेलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई ११३ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो।
नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन। बलिङतर्फ भने नेपालका राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। नेपालले अब आफ्नो दोस्रो खेल भोलि दक्षिण अफ्रिकासँग खेल्नेछ।
प्रतिक्रिया
