यूएई शृंखलाको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग भिड्दै

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी त्रिकोणात्मक ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले आज बुधबार घरेलु टोली यूएईसँग खेल्दै छ ।

दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

यो शृंखलामा लगातार तीन खेलमा हार बेहोरेको नेपाल आजको खेलमा सान्त्वना जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रँदै छ ।

नेपालले पहिलो खेलमा अमेरिकासँग १०६ रनको फराकिलो हार बेहोरेको थियो । त्यसपछि दोस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भयो भने तेस्रो खेलमा अमेरिकासँग ४ विकेटको हार ब्यहोरेको थियो ।

विश्व क्रिकेट लिग–२ को अंक तालिकामा हालसम्म २४ खेलबाट ३६ अंक जोडेको अमेरिका शीर्ष स्थानमा छ । १९ खेल खेलेको नेपाल १२ अंकका साथ सातौं स्थानमा रहेको छ । यता, आजको प्रतिद्वन्द्वी यूएई भने ८ अंक जोडेर पुछारमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *