विराटनगरबाट जाँदै गरेको बसको ठक्करले ४ जनाको मृत्यु
विराटनगर । धनुषामा बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चारजनाको मृत्यु भएको छ । २ जना बालबालिका गम्भीर घाइते भएका छन् ।
विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिएको धनुषाका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ वीरेन्द्र बजारमा भएको दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका १ भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अन्दाजी ४० वर्षीय अटो चालक डम्बर राईको मृत्यु भएको हो ।
उनीहरु एउटै परिवारका सदस्य रहेको भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार दुर्घटनामा १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगर गम्भीर घाइते छन् । उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
