पहिरोले बीपी राजमार्ग अवरुद्ध: वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौँ। अविरल वर्षासँगै आएको लेदो र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार वर्षाका कारण आएको लेदो र पहिरोले राजमार्ग दुईतर्फी रूपमा नै बन्द भएको हो।

राजमार्गको चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा, बोक्सीकुना र नार्के लगायतका विभिन्न स्थानहरूमा पहिरो खसेको छ। जसले गर्दा सवारी आवतजावत ठप्प भएको छ।

प्रहरीले अवरुद्ध सडक तत्काल सुचारु गर्न केही समय लाग्ने भएकाले यात्रुहरूलाई वैकल्पिक मार्गको प्रयोग गरेर यात्रा गर्न अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *