सबैभन्दा धेरै वर्षा मोरङको हरैंचामा
विराटनगर । पछिल्लो तीन घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा मोरङको हरैँचामा भएको छ। बंगालको खाडीमा विकसित भइ फैलिरहेको ‘मोन्था’ चक्रवातको असरले नेपालको पूर्वी र दक्षिणी भेगमा भारी वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टाको अवधिमा मोरङको हरैंचामा सबैभन्दा धेरै १०४ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै, सप्तरीको बरमझियामा ५७.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
महाशाखाका अनुसार चक्रवातको प्रणाली आज शुक्रबार पनि कोशी र मधेश प्रदेशमा केन्द्रित रहनेछ। यसको प्रभावले आज पनि यी दुई प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुने पूर्वानुमान छ।
प्रतिक्रिया
