‘मोन्था चक्रवात’को जोखिम : मेची राजमार्गको इलाम खण्डमा राति सवारी चलाउन रोक

विराटनगर । बंगालको खाडीमा विकसित भएको ‘मोन्था चक्रवात’ ले जोखिम बढाएपछि मेची राजमार्गको इलाम खण्डमा रातको समयमा सवारी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार बेलुका ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाएको हो।

जोखिम र कारण

सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म चक्रवातको प्रभाव पर्ने जनाएका छन्।

गत असोज १८ गतेको बाढी पहिरोका कारण इलाम जिल्ला बढी प्रभावित भएको थियो र पहिरोले अवरुद्ध मेची राजमार्ग दुई साता बन्द भएको थियो। वर्षा हुँदा पहिरोको थप जोखिम बढ्ने भएकाले मेची राजमार्गको धेरै स्थानमा सम्भावित दुर्घटना रोक्नका लागि कात्तिक १३ गते बेलुका ७ बजेदेखि राति सवारी आवागमनमा रोक लगाइएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *